बढ्यो अम्रिसोको निर्यात, साउन महिनामा १२ करोड भित्रियो
शनिबार, ०९ भदौ २०८०, १३ : २२
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १२ करोड ७ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १२ करोड रुपैयाँभन्दा बढीको १० लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।
चालू वर्षको पहिलो महिना भएको निर्यात गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा १० लाख ११ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांक हेर्दा चालू वर्ष र गत वर्षको साउन महिनामा १० लाख किलोग्राम अम्रिसो नै निर्यात भएको थियो । तर, यसबापत आउने मूल्य भने दोब्बरले बढेको देखिएको छ । नेपालबाट निर्यात हुने सम्पूर्ण अम्रिसो भारततर्फ जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण