तरहरा पुगेर फर्कियो हिन्दुवादीहरूको टोली, तस्बिरहरू हेर्नुहोस्
सुनसरी । गौहत्या तथा हिन्दु मन्दिरको अगाडि चर्च बनाएको विरोधमा हिन्दुवादीहरूले धरान पुगेर प्रदर्शन गर्ने तयारी गरे पनि उनीहरूलाई तरहरामै रोकिएको छ । तरहरा पानी पियाबाट धरान करिब १८ किलोमिटर टाढा रहेको छ ।
आजको प्रदर्शनलाई ध्यानमा राखेर सुनसरी प्रशासनले शुक्रबार नै निषेधाज्ञा जारी गरेको थियो । त्यही अनुरूप तरहरामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी आन्दोलनकारीहरूलाई प्रवेश निषेध गरिएको थियो ।
_LCgCHbhjLe.jpg)
यता इटहरीमा जम्मा भएर हिन्दुवादीहरू करिब ४–५ सयको सङ्ख्या हिँडेर तरहरासम्म पुगेका थिए । त्यहाँ पुगेर नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले उनीहरूको प्रयासलाई विफल बनाएको थियो ।
त्यहाँबाट अघि बढ्न नपाएपछि हिन्दुवादीहरूले सोही क्षेत्रमा सानो कोणसभा गरेका छन् । कोणसभा गरेर करिब साढे ३ बजे उनीहरू त्यहाँबाट फर्केका छन् । हिन्दुवादीहरू फर्किए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन । तस्बिरहरू हेर्नुहोस् :
_VGoIdloi2R.jpg)
_dEDxrs2gYO.jpg)
_GJ1QntD8fw.jpg)
_WuQou2HC10.jpg)
_QLGg9bu6T3.jpg)
_Buu0gFoPwx.jpg)
_bVmNIpeWRX.jpg)
_Gv019vVmI5.jpg)
_63uzX0VhJQ.jpg)
_HcUx7KxVSU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण