तरहरा पुगेर फर्कियो हिन्दुवादीहरूको टोली, तस्बिरहरू हेर्नुहोस्

सुनसरी । गौहत्या तथा हिन्दु मन्दिरको अगाडि चर्च बनाएको विरोधमा हिन्दुवादीहरूले धरान पुगेर प्रदर्शन गर्ने तयारी गरे पनि उनीहरूलाई तरहरामै रोकिएको छ । तरहरा पानी पियाबाट धरान करिब १८ किलोमिटर टाढा रहेको छ ।
आजको प्रदर्शनलाई ध्यानमा राखेर सुनसरी प्रशासनले शुक्रबार नै निषेधाज्ञा जारी गरेको थियो । त्यही अनुरूप तरहरामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी आन्दोलनकारीहरूलाई प्रवेश निषेध गरिएको थियो ।
यता इटहरीमा जम्मा भएर हिन्दुवादीहरू करिब ४–५ सयको सङ्ख्या हिँडेर तरहरासम्म पुगेका थिए । त्यहाँ पुगेर नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले उनीहरूको प्रयासलाई विफल बनाएको थियो ।
त्यहाँबाट अघि बढ्न नपाएपछि हिन्दुवादीहरूले सोही क्षेत्रमा सानो कोणसभा गरेका छन् । कोणसभा गरेर करिब साढे ३ बजे उनीहरू त्यहाँबाट फर्केका छन् । हिन्दुवादीहरू फर्किए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन । तस्बिरहरू हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोट : नेपाल आज यूएईसँग भिड्दै
-
बार्सिलोनालाई हराएर भिया रियालले गर्यो च्याम्पियन्स लिग सुरक्षित
-
घरेलु मैदानमा स्तब्ध बन्यो ला लिगा च्याम्पियन
-
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
-
मनमोहन अधिकारीले शिलान्यास गरेको सडक ३१ वर्षपछि कालोपत्रे हुँदै
-
सोमबार कुन राशिका लागि शुभ ?