आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछः परराष्ट्रमन्त्री

सोमबार, ११ भदौ २०८०, १७ : २९
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् । 

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रुपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनःजीवन दिने दाबी गरे । 

उनले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताए । 

उनले भने, ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरु रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदैछ । नेपालको तर्फबाट अनौपचारिक रुपमा भएपनि परराष्ट्रमन्त्रीहरुको एउटा बैठक हामीले बोलाएका छाँै । त्यस बैठकले सार्कलाई पुनःजीवन दिनेछ, गतिशिलता दिनेछ । सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छाँै । यसले पनि सार्क जीवित रहन्छ । यो अघि बढ्छ ।’

मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताए । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप