सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् ।
सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रुपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनःजीवन दिने दाबी गरे ।
उनले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताए ।
उनले भने, ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरु रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदैछ । नेपालको तर्फबाट अनौपचारिक रुपमा भएपनि परराष्ट्रमन्त्रीहरुको एउटा बैठक हामीले बोलाएका छाँै । त्यस बैठकले सार्कलाई पुनःजीवन दिनेछ, गतिशिलता दिनेछ । सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छाँै । यसले पनि सार्क जीवित रहन्छ । यो अघि बढ्छ ।’
मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताए । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण