सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका नेता सुर्खेत आउँदै, यस्तो छ तयारी

मङ्गलबार, १२ भदौ २०८०, ०६ : ५९
मङ्गलबार, १२ भदौ २०८०

सुर्खेत ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु सुर्खेत आउने भएका छन् । भदौ १४ गते वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’ लाई सम्बोधन गर्न नेताहरु सुर्खेत आउन लागेका हुन् । 

टोलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउँदै छन् । 

माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको कभर्ड हलमा गरिएको छ । १४ गते दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरु सोही दिन सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने छन् ।  

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप