प्रधानमन्त्री प्रचण्डसहित समाजवादी मोर्चाका नेता सुर्खेत आउँदै, यस्तो छ तयारी
सुर्खेत । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु सुर्खेत आउने भएका छन् । भदौ १४ गते वीरेन्द्रनगरमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’ लाई सम्बोधन गर्न नेताहरु सुर्खेत आउन लागेका हुन् ।
टोलीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुर्खेत आउँदै छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनका अनुसार कार्यक्रमको आयोजना वीरेन्द्रनगरको कभर्ड हलमा गरिएको छ । १४ गते दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने र प्रधानमन्त्री प्रचण्डसहितका शीर्ष नेताहरु सोही दिन सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरु पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको उद्देश्य रहेको केसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण