अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणसहितका विषयमा राज्यले निष्पक्ष छानबिन अघि बढाएकै कारण जनतामा सुशासन सम्भव छ भन्ने प्रत्याभूति भएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद असीम साहले सुशासनबारे गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘वर्तमान सरकारले शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ’, प्रचण्डले भने, ‘यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ सक्षम, पारदर्शी बनाउँदै अघि बढाएको छ’, उनले कसैलाई पनि बचाउने र कसैलाई अप्ठेरो पार्ने नियतले सरकारले काम नगरेको बताए ।
‘निर्देश कोही नपरोस्, दोषी कोही नछुटोस् भन्ने सिद्धान्त अनुसार नै प्रहरी प्रशासनलाई निर्देशन दिएको छु र मैले यतिसम्म पनि भनेको छु–यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन’, प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने, ‘मेरो पार्टीको नेताको त के कुरा ? यो कुरा मैले सार्वजनिक रूपमा भन्दै आएको जानकारी गराउन चाहन्छु । ’ उनले सबै किसिमका भ्रटाचारलाई छानबिन र दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले कानुनी सिद्धान्तलाई सरकारले आत्मसात् गरेको पनि बताए ।
प्रधानमन्त्रीले देशका सामु कयौँ चुनौती रहेको भन्दै यी समस्या समाधान गर्न दलहरुबीच समान दृष्टिकोण र मान्यता हुनुपर्ने र राष्ट्रिय मुद्दामा एकै ठाउँमा उभिनुपर्नेमा जोड समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण