बालिकाको मृत्युपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त
बुटवल । उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ । उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरूले अस्पताल घेराउ गरेका हुन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशंसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका बताए ।
बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउँदा समेत नआएको उनले आरोप लगाए । अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनाबारे जिम्मेवार ढंगले प्रस्तुत नभएपछि मृतकका आफन्तहरूले अस्पताल घेराउ गर्दै थप आक्रोशित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण