शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

मङ्गलबार, १२ भदौ २०८०, १३ : ३६
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्वन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन् । त्यसैगरी उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुवालले भने, ‘डेडिकेटेड टं«क लाईनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरुसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कूलमान घिसिङलाई तत्काल निलम्वन गरी कारबाही गर्न जरुरी छ । निर्वाचन आयोगले निर्वाचन सम्बन्धि एकीकृत विधेयक मस्यौदा गरेको छ । तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरितको प्रावधान यथावत राखिएको छ । यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो । तर फैसला भएको छैन । ’

सांसद सुवालले राजनीतिक दलहरुले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचन सम्बन्धि एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरित रहेकाले मान्य नहुने पनि बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप