सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली खेलाडीसँगको तस्बिर सार्वजनिक भएपछि इरानले आफ्नाे खेलाडीलाई लगायो आजीवन प्रतिबन्ध

बिहीबार, १४ भदौ २०८०, ०८ : ४१
बिहीबार, १४ भदौ २०८०

इरानले विश्व मास्टर्स च्याम्पियनसिपमा सहभागी इजरायली खेलाडीसँग हात मिलाएको भन्दै आफ्नो खेलाडीलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

यस खेलमा इरानी भारोत्तोलक (वेटलिफ्टर) मुस्तफा राजाइले रजत जितेका थिए र पोडियममा इजरायली कास्य विजेताको छेउमा उभिएका थिए । त्यसपछि इरानको भारोत्तोलन महासङ्घले उनलाई प्रतिबन्ध लगाएको थियो ।

इरानले खेलाडीहरूलाई इजरायली खेलाडीहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धामा भाग लिन प्रतिबन्ध लगाएको छ । फलस्वरूप इरानी खेलाडी खेलबाट बच्नका लागि कि त सिधै खेल छोडिदिन्छन् कि घाइते भएको नाटक गर्छन् ।

४० वर्षीय रजाई शनिवार इजरायली खेलाडी म्याक्सिम स्विर्स्कीको छेउमा उभिरहेका बेला आफ्नो देशको झन्डाले बेरिएका थिए । 

यी दुई पोल्यान्डमा भइरहेको नन–प्रोफेसनल कम्पिटिसनमा भाग लिइरहेका थिए जसमा वेटलिफ्टिङका ‘दिग्गज’ का लागि आयोजित गरिएको थियो । 

रजाईले थाइल्यान्डमा भएको २०१५ एसियाली भारोत्तोलन च्याम्पियनसिपमा इरानको प्रतिनिधित्व गरेका थिए र उनी इरानी राष्ट्रिय टोलीका पूर्व सदस्य हुन् ।

इरानको राज्य समाचार एजेन्सी इरनाले उनले ‘इस्लामिक गणराज्यद्वारा निश्चित सीमाको उल्लङ्घन’ गरेको बताएको छ । 

यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले खेलाडीहरूलाई २०२१ मा पदक प्राप्त गर्दा इजरायली प्रतिद्वन्द्वीसँग हात नमिलाउन भनेका थिए ।

देशको यो नियम मान्न अस्वीकार गर्दै केही इरानी खेलाडीले पनि देश छोडेका छन् ।

चेस खेलाडी अलिरेजा फिरोजा पनि ती मध्ये एक हुन् । उनले २०१९ को च्याम्पियनसिप खेलमा इजरायली खेलाडीसँग खेल्नु थियो तर देशको नियमका कारण उनलाई प्रतियोगिता खेल्न दिइएन । घटनापछि उनले इरान छाडेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप