सरकारबारे धारणा बनाउन विप्लवले बोलाए स्थायी समिति बैठक
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।
‘शुक्रबार बस्ने बैठकले एमसीसी कार्यान्वयन, विरोधका थप कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण लगायत विषयमा आधिकारिक धारणा बनाउनेछ’, नेता विरहीले भने ।
महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।
सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो । नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ । सरकारसँग असन्तुष्टि जनाए पनि तत्काल समाजवादी मोर्चाबाट अलग नहुने विरहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण