गरिब, विपन्नलाई कर्णाली प्रदेश अस्पतालले जनरल सेवा निःशुल्क दिन तयार हुनुपर्छ : मन्त्री बस्नेत
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा सर्वसाधारणले उपचार पाउन मुस्किल हुने गरेको गुनासो आइरहन्छन् ।
विशेषगरी स्वास्थ्यकर्मीको व्यवहार र पहुँचवालहरूको रजगज चलिरहेको भन्दै सर्वसाधारण नागरिकहरूले सहज रूपमा सेवा पाउन नसकेको बताउँछन् ।
शुक्रवार अस्पतालको निरीक्षण गर्नका लागि आएका सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रदेश अस्पतालले सर्वसाधारण नागरिकको लागि पनि सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्री बस्नेतले गरिब तथा विपन्न परिवारका लागि प्रदेश अस्पतालले जनरल सेवा निशुल्क गर्न तयार हुनुपर्ने बताए । ‘गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपचार गर्न लागिरहेका छौँ,’ उनले भने,‘ प्रतिशत बेड निशुल्क गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन । अब कार्यान्वयनको पहल गरिरहेका छौँ ।’
उनले संविधानमा लेखिएका कुराहरू व्यवहारमा अझै कार्यान्वयन नभएको बताए । स्वास्थ्य सम्बन्धी संविधानमा भएको व्यवस्थालाई व्यवहारमा गरिनुपर्ने उनको भनाइ थियो ।
भिआइपी, भिभिआइपीहरू विदेशमा उपचार गर्न जाने तर, गरिब, विपन्नको उपचारको लागि अस्पताल नदेख्ने अवस्था विद्यमान रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण