सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

गणपति तेल मिलमा आगलागी

शनिबार, १६ भदौ २०८०, ०८ : १७
शनिबार, १६ भदौ २०८०

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए ।

तेल मिलमा आगलागी भएको र आफूले  झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताए । आगलागी भएको खबर पाएलगत्तै  ठूलो सङ्ख्यामा स्थानीय, पानी  ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त्रमा लिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

आगलागीबाट रु दुई करोडभन्दा बढी क्षति भएको अनुमान रहे पनि क्षतिको यकिन विवरण आउन बाँकी  रहेको प्रहरीको भनाइ छ । आगलागीको कारण अझै खुलेको छैन । उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो । बस्नेत तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप