ह्याट्रिक हिरो हालान्ड
म्यानचेस्टर । अर्लिङ हालान्डले ह्याट्रिक गर्दा साबिक विजेता म्यानचेस्टर सिटी शतप्रतिशत नतिजा कायम राख्दै प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ । शनिबार भएको खेलमा सिटीले फुलहमलाई ५–१ को विशाल अन्तरले हराएको हो ।
पहिलो हाफको ३१ औँ मिनेटमा जुलियन अल्भारेजले सिटीलाई अग्रता दिलाएका थिए । तर, लगत्तै टिम रियमले फुलहमका लागि बराबरी गोल फर्काए । तर खेल बराबरीमा लामो समय रहेन । पहिलो हाफको इन्जुरी समयमा नाथाक आकेले विवादित गोलको मद्दतले सिटीलाई पुनः अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा भने हालान्डले गोलको वर्षा गरे । ५८ औँ मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका उनले ७० औँ मिनेटमा अर्को गोल थपे । त्यसपछि इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
चार खेलबाट १२ अंक सहित सिटी शीर्ष स्थानमा रहेको छ । फुलहम भने चार अंकसहित लिगको १३ औँ स्थानमा छ । शनिबार नै भएका अन्य खेलमा एभर्टनले सेफिल्ड युनाइटेडसँग तथा ब्रेन्टफोर्डले बोर्नेमाउथसँग समान २–२ को बराबरी गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण