बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सेजको जग्गाको मूल्य घटाउन पहल गर्ने मन्त्री रिजालको प्रतिबद्धता

आइतबार, १७ भदौ २०८०, १० : २८
आइतबार, १७ भदौ २०८०

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विशेष आर्थिक क्षेत्रको जग्गाको भाडादर घटाउन पहल गर्ने बताएका छन् । औद्योगिक क्षेत्र र आर्थिक क्षेत्रको भ्रमणका क्रममा मन्त्री रिजाले जग्गाको मूल्य घटाएर प्रति स्क्वायार मिटर ८ देखि १० रुपैयाँ बनाउने बताएका हुन् ।

‘अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्न प्रयास गर्छु,’ मन्त्री रिजालले भने, ‘उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मुल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्छु ।’

उनले भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)को पनि अनुगमनका क्रममा यस्तो बताएका हुन् । अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले मन्त्रि रिजाललाई सेजको स्थलगत जानकारी गराएका थिए । सोक्रममा मन्त्री रिजालले उद्योगी व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐन कानुन परिमार्जन गर्न समेत आवश्यक रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप