बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

आइतबार, १७ भदौ २०८०, ११ : ५६
आइतबार, १७ भदौ २०८०

बाजुरा । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । 

गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन् । 

कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप