बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रेसर कुकर प्रयोग गर्नुहुन्छ ? तपाईंले थाहा पाउनुपर्ने चार कुरा

आइतबार, १७ भदौ २०८०, १६ : २४
आइतबार, १७ भदौ २०८०

आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान् । प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ । त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ । यद्यपि, धेरै मानिसहरू यसको प्रयोग त गर्छन् तर यो प्रयोग गर्ने केही आवश्यक नियमलाई भने अनुसरण गर्दैनन् । त्यसैले कतिपय अवस्थामा दुर्घटना पनि निम्तिन सक्छ । यहाँ हामी तपाईंलाई प्रेसर कुकर प्रयोग गर्ने बेला अपनाउनुपर्ने केही सावधानीबारे जानकारी दिँदै छौँ ।

प्रेसर कुकर प्रयोग गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्

ओभरलोड नगर्नुहोस्

प्रेफर्डम्युचुअलका अनुसार खाना पकाइरहेका बेला प्रेसर कुकरमा सामान कोचाकोच गरेर नहाल्नुहोस् । भात, दाल, तरकारी बनाउँदा तपाईंले प्रेसर कुकरको आधा मात्रै बनाउनुहोस् । नभए प्रेसर बढेर फुट्न सक्छ ।

हावा जानु अघि खोल्ने प्रयास

खाना राम्रोसँग पाक्यो कि पाकेन भनेर थाहा पाउन चाहनुहुन्छ भने सुरुमा प्रेसर कुकरको हावा जान दिनुहोस् । यदि तपाईं हावा नगईकन यसलाई खोल्ने प्रयास गर्नुहुन्छ भने दुर्घटना हुन सक्छ ।

राम्रोसँग सफा गर्नुहोस्

प्रेसर कुकर प्रयोग गर्नुअघि यसको सिट्ठी, सेफ्टी भल्भ हेर्नुहोस्, यो कतै ब्लक भयो कि, हेर्नुहोस् । यसको विशेष सफाइ आवश्यक छ । यसबाहेक रबरले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर हेर्नुहोस् । 

म्याद सकिने मिति हेर्नुहोस्

प्रेसर कुकर किन्ने बेला यसको लिटरेचर बुकमा एक्सपायरी डेट दिइएको छ भने यसबारे ध्यान दिनुहोस् । हरेक पाँच वर्षमा प्रेसर कुकर परिवर्तन गर्नु राम्रो हुन्छ । प्रेसर कुकरको संरचना बिग्रिएको छ भने यसलाई तत्काल फेरिदिनुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप