सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमित साढे २२ हजार नाघे, १४ जनाको मृत्यु

सोमबार, १८ भदौ २०८०, ११ : ५३
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या २२ हजार ६२७  जना पुगेको हो । 

  संक्रमित मध्ये १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै  १२ हजार ४३१ जनामा संक्रमित सुनसरी जिल्लामा छन् ।  दोस्रोमा २ दुई हजार २४९ जना मोरङमा संक्रमण पुष्टि भएको छ । 

यस्तै, झापामा १ हजार ३४७, काठमाडौँमा ४४५, धनगढीमा ३४२, धनुषामा ३३१, सङ्खुवासभामा ३०२, कास्कीमा २६७ र कैलालीमा २१६ जना संक्रमित रहेका छन् । 

कुन प्रदेशमा कति संक्रमित ?

सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १७ हजार ८८ जना डेंगु संक्रमित छन् । त्यसपछि बागमती प्रदेशमा ३ हजार २४९ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपञ्चिम प्रदेशमा ६६०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३८५ र कर्णाली प्रदेशमा ४७ जना संक्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप