एमाले प्रदेश अधिवेशन
एमाले लुम्बिनी प्रदेश अधिवेशन : यस्तो छ उम्मेदवारहरूको सूची
सोमबार, १८ भदौ २०८०, १३ : ३३
काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा पार्टी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । निर्वाचन कमिटीले जारी गरेको प्रारम्भिक नामावलीको सूचनामा अध्यक्षमा दुई, उपाध्यक्षमा चार र सचिवमा दुई जनाको उम्मेदवारी परेको हो ।
अध्यक्षमा हरि रिजाल र राधाकृष्ण कँडेलको उम्मेदवारी परेको छ। उपाध्यक्ष पुजन विक, भाेजप्रसाद श्रेष्ठ, विश्वराज बराल, शान्ताकुमारी वलीले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा लक्ष्मण आचार्य र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् ।
उपसचिव पुरुष तर्फ उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारु र पूर्णबहादुर बुढा मगरले उम्मेदवारी दिएका छन् भने महिला उपसचिवमा लीला राना मगर र बसन्ती अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण