३८ रन बनाएर आउट भए कुशल

काठमाडौँ । एसिया कप क्रिकेटको भारतविरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन्
उनको विकेट भारतीय बलर सार्दुल ठाकुरले लिएका हुन् । उनी सार्दुलको बलमा इशान किशनद्वारा आउट भए । नेपालले ९.५ ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको हो । नेपाल र भारतबीचको खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । त्यसअघि खेलको प्रारम्भमै भारतीय फिल्डरले नेपालका दुबै ओपनर ब्याट्सम्यानको क्याच छाडेका थिए । दुबै ओपनर कुशल भुर्तेल र आशिफ शेखले तीनपटक क्याच आउट हुनुबाट जोगिए । पहिलो ओभरमा मोहम्मद सामीको बलमा श्रेयस ऐयरले नेपालका ओपनर कुशल भुर्तेलको क्याच छाडेका थिए ।
त्यसपछि दोस्रो ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीले आशिफ शेखको क्याच छोडेका थिए । यसैगरी पाँचौं ओभरमा कुशल भुर्तेलको क्याच विकेटकिपर इशान किशनले छाडेका थिए । त्यसपछि छैटौं ओभरमा सिराजको बलमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले छक्का प्रहार गरेका थिए । समूह ‘ए’ बाट पाकिस्तान प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । नेपाल र भारतबीचको खेलमा विजयी हुने टोली पनि ‘सुपर फोर’ चरणमा पुग्नेछ । त्यसैले यो खेल नेपाल र भारत दुबै टोलीका लागि उत्तिकै महत्वपूर्ण छ ।
पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेलेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसन्स लिगको फाइनलअघि रोनाल्डोको प्रेरणादायी सन्देश
-
संसद्को गतिरोध : कांग्रेस र माओवादी नेताहरूको बैठकमा पनि जुटेन सहमति
-
नेयमारलाई कोरोना संक्रमण पुष्टि
-
कर्णालीमा टालटुले नीति तथा कार्यक्रम ल्याइएको प्रतिपक्षको आरोप
-
बागमती नदी सभ्यताका लागि लगानी, बालुवामा पानी
-
बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल