एकीकृत समाजवादीले बनायो ५ सदस्यीय ‘एमसीसी अनुगमन’ समिति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाउने निर्णय गरेको छ ।
१२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ । सो समितिले संसदभित्र पनि समिति बनाउन पहल गर्नेछ ।
सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अनुगमन समितिका सदस्यहरुमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह छन् । समितिमा एकजना विषयविज्ञ भने पछि राखिने खतिवडाले जनाए । बैठकमा महाधिवेशन तयारीबारे विभिन्न छलफल भएपनि कुनै निर्णय भइनसकेको सो पार्टीले जनाएको छ । थप गृहकार्य गरेर एजेण्डासहित अर्को बैठकमा महाधिवेशन तयारीबारे निर्णय गर्ने खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण