विरोध सभालाई प्रभावकारी बनाउन राप्रपाले गर्यो थापाको अध्यक्षतामा समिति गठन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन बागमती प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा समिति गठन गरेको हो ।
राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोध सभा गर्दैछ । विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपत्यकाव्यापी बृहत् विरोध सभा आयोजक मूल समिति गठन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार मूल समितिको सदस्यमा उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख, प्रवक्ता गोपाल दाहाल र सबै भातृ संगठनका अध्यक्षहरु रहेका छन् ।
मूल समितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण