शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विरोध सभालाई प्रभावकारी बनाउन राप्रपाले गर्‍यो थापाको अध्यक्षतामा समिति गठन

सोमबार, १८ भदौ २०८०, २१ : ३५
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गर्ने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन बागमती प्रदेश कमिटी अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले थापाको संयोजकत्वमा समिति गठन गरेको हो । 

राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोध सभा गर्दैछ । विरोध सभालाई  व्यवस्थित र प्रभावकारी बनाउन उपत्यकाव्यापी बृहत् विरोध सभा आयोजक मूल समिति गठन गरेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख  प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहेका छन् । प्रवक्ता श्रेष्ठका अनुसार  मूल समितिको सदस्यमा  उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख, प्रवक्ता गोपाल दाहाल र सबै भातृ संगठनका अध्यक्षहरु रहेका छन् । 

मूल समितिको बैठक मंगलबार दिउँसो १ बजे  पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप