बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लेखा समिति

लेखा समितिमा सांसद मैनालीले भने,'तारे हाेटल नगई चिया बिस्कुट खाएर कार्यक्रम गरे हुँदैन ?'

मङ्गलबार, १९ भदौ २०८०, १३ : २३
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ। नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सरकारी खर्च जोगाउन तारे हाेटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगए पनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने बताएका हुन् । उनले भने-'सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ भन्ने छैन । चिया बिस्कुट खाएर सरकारी कार्यालयमै पनि गर्न सकिन्छ ।'

सांसद मैनालीले मधेसमा खानेपानी समस्या चर्को रूपमा उठेको बताउँदै खानेपानी योजनाहरूमा ९५% सम्म भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे । 

सांसद मैनालीले चाबहिलमा मालपोत कार्यालयको भवन बनिसकेको तर मासिक ५ लाख भाडा तिरेर कार्यालय चलाइरहेको बताउँदै कसले सरकारी भवनमा फर्काउने होला भन्दै प्रश्न गरे । उनले स्वार्थ बाझिएका सांसदहरू र पूर्वमन्त्रीहरू सार्वजनिक लेखा समितिमा बस्ने कि नबस्ने त्यसमा पनि विचार गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप