लेखा समितिमा सांसद मैनालीले भने,'तारे हाेटल नगई चिया बिस्कुट खाएर कार्यक्रम गरे हुँदैन ?'
काठमाडौँ। नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सरकारी खर्च जोगाउन तारे हाेटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले तारे हाेटल नगए पनि छलफल गर्न सकिने भन्दै सरकारी खर्च कम गराउन समिति अग्रसर हुनुपर्ने बताएका हुन् । उनले भने-'सरकार निकायहरूका कार्यक्रमहरू गर्न तारे हाेटल नै जानुपर्छ भन्ने छैन । चिया बिस्कुट खाएर सरकारी कार्यालयमै पनि गर्न सकिन्छ ।'
सांसद मैनालीले मधेसमा खानेपानी समस्या चर्को रूपमा उठेको बताउँदै खानेपानी योजनाहरूमा ९५% सम्म भ्रष्टाचार हुने गरेको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद मैनालीले चाबहिलमा मालपोत कार्यालयको भवन बनिसकेको तर मासिक ५ लाख भाडा तिरेर कार्यालय चलाइरहेको बताउँदै कसले सरकारी भवनमा फर्काउने होला भन्दै प्रश्न गरे । उनले स्वार्थ बाझिएका सांसदहरू र पूर्वमन्त्रीहरू सार्वजनिक लेखा समितिमा बस्ने कि नबस्ने त्यसमा पनि विचार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण