सार्वजनिक शौचालय छोपिनेगरी प्रदर्शनीमार्गमा टहरा राखेपछि महानगरले हटायो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटी मण्डपस्थित प्रदर्शनीमार्गको केहीँ टहरा पसलहरु हटाएको छ । प्रदर्शनीमार्गमा सञ्चालित सार्वजनिक शौचालय (ट्वाइलेट) नै छोपिने गरी व्यापारिक टहरा बनाएपछि सो क्लियर गर्न महानगरपालिकाले टहरा हटाएको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
‘हामीले १ वर्षअघि नै टहरा हटाउन भनेका थियौँ । तर, व्यवसायीहरुले अटेर गर्दै व्यापारलाई निरन्तरता दिएपछि टहरा हटाउन बाध्य भएका हौं’ पौडेलले भने ।
सार्वजनिक शौचालय वरपर कुनै पसल वा व्यवसाय गर्न नपाइने हुँदा पनि व्यवसायीहरुले शौचालय नै छोपिने गरी टहरा खडा गरेपछि हटाउनु परेको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । मंगलबार सहरी योजना आयोग (सीपीसी) को टोलीले सो क्षेत्रमा अनुगमन गर्ने क्रममा टहरा नहटाएको पाइएपछि महानगरको प्रहरी गएर हटाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण