सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमितको संख्या साढे २३ हजारभन्दा बढी

मङ्गलबार, १९ भदौ २०८०, १७ : ५६
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या साढे २३ हजारभन्दा बढी पुगेको छ । 

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)का तंथ्याङ्क अनुसार २३ हजार १२७  जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

साढे सात महिनाको अवधिमा संक्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । 

यस्तै डेंगु संक्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरूमध्ये सबैभन्दा बढी  १२ हजार ८०६ जनामा सुनसरीमा पुष्टि भएको छ । यस्तै २ दुई हजार २५२ जना मोरङमा संक्रमण पुष्टि भएको छ । २ हजार १७३ जनामा धादिङमा पुष्टि भएको छ ।

यस्तै, क्रमशः१ हजार ३५६ झापा, ४४७ काठमाडौँ, ३६७ धनकुटा, ३३१ धनुषा, ३१७ सङ्खुवासभा, २६७ कास्की र २३२ जना कैलालीमा संक्रमित रहेको तंयाङ्कमा उल्लेख गरिएको छ ।

कुन प्रदेशमा कति संक्रमित                  

सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा १७ हजार ५३० जना डेंगु संक्रमित छन् । त्यसपछि बागमती प्रदेशमा ३ हजार २७७ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६८३ जनामा संक्रमण पुष्टि भएको छ ।

क्रमशः सुदूरपश्चिम प्रदेशमा ६८०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३९० र कर्णाली प्रदेशमा ४८ जना संक्रमित पुष्टि भएको महाशाखाको तंथ्याङ्कमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप