डेंगु संक्रमितको संख्या साढे २३ हजारभन्दा बढी
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या साढे २३ हजारभन्दा बढी पुगेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)का तंथ्याङ्क अनुसार २३ हजार १२७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
साढे सात महिनाको अवधिमा संक्रमित मध्ये १४ जनाको मृत्यु भएको छ ।
यस्तै डेंगु संक्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरूमध्ये सबैभन्दा बढी १२ हजार ८०६ जनामा सुनसरीमा पुष्टि भएको छ । यस्तै २ दुई हजार २५२ जना मोरङमा संक्रमण पुष्टि भएको छ । २ हजार १७३ जनामा धादिङमा पुष्टि भएको छ ।
यस्तै, क्रमशः१ हजार ३५६ झापा, ४४७ काठमाडौँ, ३६७ धनकुटा, ३३१ धनुषा, ३१७ सङ्खुवासभा, २६७ कास्की र २३२ जना कैलालीमा संक्रमित रहेको तंयाङ्कमा उल्लेख गरिएको छ ।
कुन प्रदेशमा कति संक्रमित
सात प्रदेशमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा १७ हजार ५३० जना डेंगु संक्रमित छन् । त्यसपछि बागमती प्रदेशमा ३ हजार २७७ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६८३ जनामा संक्रमण पुष्टि भएको छ ।
क्रमशः सुदूरपश्चिम प्रदेशमा ६८०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३९० र कर्णाली प्रदेशमा ४८ जना संक्रमित पुष्टि भएको महाशाखाको तंथ्याङ्कमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण