अर्थ
प्राधिकरणले पायो भारतमा थप १८० मेगावाट बिजुली बेच्ने अनुमति
मङ्गलबार, १९ भदौ २०८०, १८ : २२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भरततर्फ थप १८० मेगावाट बिजुली बेच्ने अनुमति पाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले थप बिजुली बेच्न अनुमति आएको बताए ।
रातोपाटीसँग उनले भने,'हामीले पहिला नै अनुमति माग्दै प्रस्ताव पठाएका थियौँ । अहिले अनुमति दियो ।' अब १र२ दिनमा नै भारतमा थप बिजुली निर्यात हुने उनले बताए ।
हाल नेपालबाट भारततर्फ ४५२ मेगावाट बिजुली निर्यात भइरहेको छ ।
भारतको मन्त्री परिषद्ले समेत नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने विषय पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण