आक्रमणकारीले बयानमा भने– म राष्ट्रवादी हुँ, नेताहरुले काम नगरेको हुनाले खुकुरी हानेँ
काठमाडौँ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने ४७ वर्षीय श्याम बहादुर सापकोटाले कार्यक्रममा सहभागी हुनुपूर्व नै खुकुरी बोकेर आएको भेटिएको छ । बुधवार काठमाडौँ महानगरपालिका–२८ स्थित भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् ।
यादवको टाउको पछाडि चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन आउँदा नै सापकोटाले झोलामा खुकुरी लिएर आएको भेटिएको छ । आफूलाई नागरिक अभियन्ता बताउने नुवाकोटको विदुर–७ घर भएका सापकोटाले योजनाबद्ध रुपमा नै खुकुरी बोकेर आएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा भनेका छन्–‘म राष्ट्रवादी हुँ, नेताहरुले काम नगरेको हुनाले रिसमा खुकुरी हानेँ ।’
आरोपित सापकोटा पूर्व राजाको समर्थक रहेको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण