प्रत्यक्षदर्शी भन्छन्–महेन्द्र यादवलाई सांघातिक हमलापछि आक्रमणकारीले राजतन्त्रको पक्षमा नारा लगाए
काठमाडौँ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति राजावादी भएको खुलेको छ । आफूलाई अभियन्ताको रुपमा चिनाउने उनी राजावादी भएको प्रहरीले जनाएको छ ।
रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सकेर फर्किने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका श्याम बहादुर सापकोटाले सांघातिक आक्रमण गरेका थिए ।
धारिलो हतियार खुकुरी प्रहारबाट यादवको टाउकोमा चोट लागेको छ भने आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।
प्रहरीले घटनाबारे जानकारी दिँदै संक्षिप्त नोटमा पनि उनले आफूलाई राजावादी बताएको उल्लेख छ ।
रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले यादवले रिपोटर्स क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ ।
आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए । उनले आफूलाई अभियन्ताको रुपमा चिनाउने र कार्यक्रमहरुमा सहभागी हुने गरेको पाइएको कार्कीको भनाइ छ ।
क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ। ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै कार्कीले बताए । यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ ।
सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण