आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सहमहामन्त्री यादवमाथि आक्रमण : कार्यक्रम सुनेर बसे, बाहिर निस्केपछि खुकुरी हाने

आक्रमणकारी सापकोटा भन्छन्, ‘रिस उठ्यो अनि यादवलाई हानेँ’
बुधबार, २० भदौ २०८०, २३ : ०३
बुधबार, २० भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् । 

आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका छन् । उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए । नेपाली जनता ठूलो ऋणमा डुबेको भन्दै नेताहरुप्रति आक्रोश पोखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप