सहमहामन्त्री यादवमाथि आक्रमण : कार्यक्रम सुनेर बसे, बाहिर निस्केपछि खुकुरी हाने
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् ।
आक्रमणअघि क्लबमा भएको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए । कार्यक्रममा उनी भादगाउँले टोपी, टिसर्ट, हाफ ज्याकेट र झोला बोकेको देखिएका छन् । उनले यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए । घाइते यादवको टाउकोमा सामान्य चोट लागेको छ । खतरामुक्त अवस्थामा रहेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए । नेपाली जनता ठूलो ऋणमा डुबेको भन्दै नेताहरुप्रति आक्रोश पोखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण