भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रित नहुन मुख्यमन्त्री चौधरीको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिशत मात्रै हिसाब गरेर नबस्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री चौधरीले कर्मचारीहरुलाई भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रित हुन नहुने बताए । कागजी प्रगतिभन्दा पनि महसुस हुने प्रगति आवश्यक रहेको उनले बताए । उनले कार्यसम्पादन र गुणस्तरमा ध्यान दिन समेत निर्देशन दिए । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको छलफल मा कर्मचारीहरुलाई मुख्यमन्त्रीले नयाँ रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गर्न त्यही अनुसार योजना र नीति बनाउन निर्देशन दिए ।
मुख्यमन्त्री चौधरीले उत्पादनसँग जोडेर कार्यक्रमहरु सञ्चालन गर्न र उत्पादनमुखी कार्यक्रम निर्माण गर्न आग्रह गरे । उनले यसका लागि आवश्यक विज्ञहरुको व्यवस्थापन गर्न समेत निर्देशन दिए । स्थानीय उत्पादनहरुलाई बजारीकरण गरी जनताको जीवनस्तर परिवर्तन गर्नेगरी काम गर्न उनले निर्देशन दिए ।
मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशमा उत्पादन भएका सामाग्रीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण