बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डको राजनीतिक प्रतिवेदन : कसरी भयो माओवादी केन्द्र कमजोर ?

बिहीबार, २१ भदौ २०८०, १० : ५२
बिहीबार, २१ भदौ २०८०

काठमाडौँ । निर्णायक तेस्रो शक्तिका रूपमा स्थापित हुने लक्ष्यसहित मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको माओवादी केन्द्रले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि लगातार धक्का खाँदै आएको उसले वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा निर्णायक तेस्रो शक्ति  बन्ने दाबी गरेको थियो । तर तेस्रो स्थान कायम राख्न माओवादी केन्द्रलाई नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकै पापड बेल्नुपर्‍यो । यी सबै घटनाक्रमबाट आगामी निर्वाचनमा पार्टी अस्तित्व संकटमा पर्ने देखिएपछि केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्‍यो । 

गत साउन १७–२१ सम्म कमलादीमा बसेको बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनतामा जाने निर्णय गर्‍यो । बैठकको निर्णयअनुसार माओवादीको सम्पूर्ण शक्ति वडातहमा केन्द्रित भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभार’सम्बन्धी राजनीति र सांगठनिक संक्षिप्त प्रतिवेदन पेस गरेका थिए । हालै सार्वजनिक ११ पेजको प्रतिवेदनमा अध्यक्ष प्रचण्डले प्रदेश  समितिहरू र विभागहरूबाट प्राप्त रिर्पोटका आधारमा संगठनात्मक समस्याबारे उल्लेख गरेका छन् । 

उनले पार्टीभित्र नकारात्मक प्रवृत्तिहरू बढ्दो क्रममा रहे पनि वैचारिक र राजनीतिक रूपले देशको निर्णायक र नेतृत्वदायी भूमिकामा रहेको जिकिर गरेका छन् ।  पार्टी जीवनमा देखापर्ने यस्ता प्रकृतिका कमीकमजोरीहरूप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गरेर रूपान्तरण हुन सबैले जोड दिनुपर्ने  उल्लेख गरेका छ । 

यस्ता छन् माओवादी कमजोर हुनुको कारण-

– आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति ।

– गुटबन्दी गर्ने प्रवृत्ति ।

–समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने।

– कार्यक्षेत्र र जनतामाझ नजाने।

– सिंहदरबार, बालुवाटार र प्रदेश राजधानी लगायतका शक्ति केन्द्रमा धाउन रमाउने ।

– कमीकमजोरीबारे समितिमा आलोचना आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने ।

–उत्पादनका काममा नलाग्ने, परिश्रम नगर्ने ।

– आर्थिक रूपले अपारदर्शी जीवनशैली अपनाउने ।

– श्रमजीवी वर्गीय पक्षधरता छोड्दै जानेर विजातीय वर्ग खोज्दै हिँड्ने ।

– पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने ।

– विधि र विधानको पालना नगर्ने ।

– पार्टी अनुशासनको पालन नगर्ने ।

– मालेमावाद सम्बन्धी वैचारिक–राजनीतिक विषयहरूको अध्ययन छलफलमा रुचि नलिने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप