सूचना माग्न सक्ने वातावरण बनाउन सीडिओको निर्देशन
सिरहा । सूचनाको हक प्रयोग गरी सूचना माग्नेलाई सहज रुपमा सूचना उपलब्ध गराउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेले जिल्लास्थित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रमुख पाण्डेले जिल्लास्थित सरकारी कार्यालय, सार्वजनिक निकाय र सुशासन इकाई प्रमुखको बैठकमा सो निर्देशन दिएका हुन् । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट सूचना माग कर्ताको सूरक्षाका लागी सर्कुलर जारी भएपछि प्रमुख जिल्ला अधिकारीले सो निर्देशन दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले पछिल्लो समय सूचना माग्नेहरु माथि दुरव्यवहार हुने गरेको र त्यसले सूचनाको हक प्रयोग गरी सूचना माग्नेहरुमा क्रास सृजना भएको सहज वतावरणमा सूचना उपलब्ध गराउन निर्देश दिएका हुन् ।
नेपालको संविधान र सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको सूचना माग्ने र पाउने हकप्रति नै नाकारात्मक धारणा बन्न सक्ने अवस्था देखिने भएकोले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न उनले निर्देशन दिएका छन् । उनले सहज रुपमा सूचना उपलब्ध गराउन एवम् खर्चको मासिक प्रतिवेदन सार्वजनिक गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
संविधानले सूचनाको हक नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको ३३ वर्ष बित्नै लाग्दा र सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागु भएको १७ औ वर्षमा प्रवेश गर्दासम्म नागरिकलाई सूचनाको हकमा पहुँच हुन न सकेको सूचनाका हकका अभियन्ता परशुराम साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण