प्रचण्डको ५ दिने अमेरिका भ्रमण : राष्ट्रसंघ महासभामा सम्बोधनदेखि राष्ट्रपति वाइडेनको रात्रीभोजसम्म
काठमाडौँ । पराराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका भ्रमण र चीन भ्रमणबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराएका छन् । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डले यही भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा रहने जानकारी गराएका हुन् ।
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूसहित अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, महावाणिज्य दूतावासका पदाधिकारी लगायत नेपालबाट मिडिया प्रतिनिधिहरू समेत सो भ्रमणमा सहभागी हुने जानकारी दिए । प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सो अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग नेपाल सरकारको विकास र प्राथमिकता, उपलब्धिहरू र चुनौतीहरू प्रस्तुत गर्ने तयारी रहेको छ । महासभा साइड लाइनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको उनले बताए ।
अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उनले बताए । मन्त्री साउदले भने– ‘संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानमन्त्रीज्यू सामेल हुने कुरा जानकारी गराउन चाहन्छु । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस वर्ष उक्त समूहको अध्यक्ष समेत ‘शेयर अफ द ग्लोबल को अर्डिनेशन ब्युरो अफ लिस्ट डेभेलोपमेन्ट कन्ट्री’का हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।’
संयुक्त राष्ट्रसङ्घ महासभाको ७८ औँ महासभामा सहभागी भएर असोज ५ गते प्रधानमन्त्री सहितको टोली चीनको औपचारिक भ्रमणका लागि चीन जानेछ । भदौ १९ गतेदेखि राष्ट्रसङ्घको महासभा सुरु भइसकेको जानकारी गराउँदै सो महासभामा भदौ ३१ देखि असोज ९ सम्म उच्चस्तरीय तहको सहभागिता रहने उनले बताए ।
मन्त्री साउदले चीन भ्रमणको एजेन्डा निर्माण र प्राथमिकता निर्धारणका लागि मन्त्रालय र सरकार क्रियाशील रहेको पनि जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण