चितवन मेडिकल कलेजमा आध्यात्मिक पुस्तकालय
चितवन । विद्यार्थीलाई अध्यात्मिक ज्ञान र ध्यानमार्फत उनीहरुमा स्फूर्ति ल्याउने उद्देश्यसहित चितवन मेडिकल कलेजले आध्यात्मिक पुस्तकालय सुरु गरेको छ । कलेजका प्राध्यापक ममता शर्मा न्यौपानेले स्वास्थ्य शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीलाई जीवनको बारेमा ज्ञान दिन पुस्तकालय स्थापना गरिएको बताए ।
विद्यार्थीलाई असल चरित्रसँगै स्वास्थ्यसम्बन्धी विज्ञ बनाउन र उनीहरुमा पढाइका क्रममा हुने तनावबाट मुक्ति दिन पुस्तकालय सञ्चालन गरिएको उनको भनाइ छ । पुस्तकालयमा वैदिक सनातन धर्मले दिएको शास्त्रको समेत अध्ययन गराइने छ ।
कलेजका विद्यार्थी, कर्मचारी र प्राध्यापकलाई समेत उपयोगी हुने गरी पुस्तकालय सञ्चालनमा ल्याइएको हो । हरिक दिन बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म र साँझ ४ः३० बजेदेखि ६ः३० बजेसम्म पुस्तकालय सञ्चालनमा आउने छ । सो समयमा विद्यार्थीलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइने छ । विशेषज्ञ व्यक्तिले आलोपालो गरी सहजीकरण गर्ने उनले जानकारी दिए ।
यससँगै नियमितरुपमा भागवत गीताको कक्षा पनि सञ्चालन हुनेछ । एक पटकमा ७० जनाले पुस्तकालयमा बसेर ज्ञान आर्जन गर्न सक्नेछन् । पुस्तकालयमा बहुउपयोगी पुस्तकसमेत राखिएका छन् । कलेजमा एक हजार एकसय ९२ विद्यार्थी अध्ययनरत छन् । कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइरालाका अनुसार त्यहाँ स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा छ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा रहेका छन् ।
कलेज भरतपुर महानगरपालिका–५ कैलाशनगरमा छ । कलेजले पुस्तकालय स्थापना हुनुअघि पनि समय समयमा सकारात्मक सोचसँग सम्बन्धित (मोटिभेसन) कार्यक्रम सञ्चालन गर्दै आएको थियो । मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरुलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्नसके पढाइमा पनि सफलता मिल्ने बताए ।
उच्च शिक्षा अध्ययनपछि कार्यक्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास भएकाहरुले राम्रो सेवा दिन सक्ने उनको भनाइ छ । पछिल्ला वर्षहरुमा नकारात्मक चिन्तनको विकास भएको भन्दै उनले शिक्षालय र घरमा अभिभावकले विद्यार्थीलाई सकारात्मक सोचतर्फ प्रेरित गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण