सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा सो पार्टी निकट युवा संगठन तरूण दलले प्रदर्शन गरेको छ  । उक्त संगठनले  शुक्रबार रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो । 

सो संगठनले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः  शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।  

तस्बिरहरु हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया