आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरीः उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी मन्त्री रिजालले सरकार र निजी क्षेत्र सहकार्य भएमात्रै मुलुक आत्मनिभर अर्थतन्त्र उन्मुख हुने बताएका हुन् ।
उनले मुलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको सहभागिता बढाउन आवश्यक देखिएको उल्लेख गरे । मन्त्री रिजालले मुलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले महिला उद्यमीहरुद्वारा सञ्चालित उद्यमहरुको विकास र बिस्तारले स्थानीय स्तरदेखि आर्थिक विकास र रोजगारीको सिर्जना गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत पुगेको दाबी गरे ।
सरकारले विभिन्न उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले उद्यमशिलता,रोजगारी मुलुक, क्षमतावन र सीपमुलक तालिम प्रदान गर्दै आएको उनको भनाइ छ । उनले विभिन्न लक्षित समूहका उद्यमीहरुलाई बीउ पुँजीका सहयोग तथा कृषि तथा वन पैदावर र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई नमूना उद्योग निर्माणमा सहयोग तथा प्रविधि हस्तानान्तरण जस्ता कार्यहरु सरकार गरिरहेको दाबी गरे ।
मन्त्री रिजालले महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा महिला उद्यमीहरुलाई सहभागि गराउने काम गरिरहेको पनि उल्लेख गरे । उनले महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनको लागि नीतिगत सुधार दक्षता अभिवृद्धि,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारिकरण र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण