यस्ता व्यक्तिमा आउन सक्छ आत्महत्याको सोच
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वभर हुने हरेक एक सय मृत्युमध्ये एक जनाले आत्महत्या गरेका हुन्छन् । आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान वरिपरिका व्यक्तिले गर्न सक्ने डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओका अनुसार आत्महत्या एक्कासी नभएर पहिले नै प्रयास गरिएको हुन्छ । जसलाई निकटका व्यक्तिले पहिचान गर्न सक्छन् । डिप्रेसन जस्ता मनोरोग भएका व्यक्तिले पनि आत्महत्याका प्रयास गर्छन् ।
यस्तै, सामाजिक रुपमा एक्लो वा टाढा रहेका व्यक्ति, मदिरा तथा अन्य दुर्व्यसन भएका, कडा किसिमका दीर्घ रोग भएका वा घातक बिरामी परेका, गम्भीर दुर्व्यवहार भोगेका वा हालै गम्भीर भावनात्मक आघात परेका मानिसले आत्महत्याको प्रयास गर्ने भएकाले आफन्त तथा नजिकैका व्यक्ति सचेत भएमा आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने डब्ल्यूएचओले जनाएको छ ।
परिवार, नातेदार, साथीहरूमध्ये कसैले माथि उल्लेखित अनुभव गरिरहेका छन् भने उनीहरूसँग कुराकानी गर्नुपर्छ । साथै उनीहरूलाई विज्ञको परामर्श लिनका लागि सहयोग गर्न डब्ल्यूएचओले सुझाव दिएको छ ।
कोही साह्रै चिन्तित छ भने यसो गर्नुपर्छ
–समय समयमा भेटेर उनीहरूको हालखबर बुझ्ने ।
–आफैँलाई हानी पु¥याउन सक्ने बस्तु तथा सामानहरू उनीहरूबाट टाढा राख्ने ।
–यदि उनीहरू तत्काल आत्महत्याको जोखिममा छन् भने तुरुन्तै आकस्मिक सेवा केन्द्रहरूमा सम्पर्क गर्ने ।
यस्तै, कसैले आत्महत्याबारे सोच बनाइरहेका त छैनन् भनेर सोध्नु गलत नभएको डब्ल्यूएचओले जनाएको छ । जसले गर्दा उनीहरूको पीडा कम हुन्छ र खुलेर कुरा गर्न मद्दत गर्ने डब्ल्यूएचओले प्रस्ट पारेको छ ।
आत्महत्या रोकथामका लागि २४ घण्टा निःशुल्क राष्ट्रिय हेल्पलाइन ११६६ मासमेत फोन गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
-
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण