हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
सारांश
- सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ प्रकृति, संस्कृति र आध्यात्मिकताको सङ्गम हो।
- यो पदमार्गबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गौरीशंकरलगायत दर्जनौँ हिमाल देख्न सकिन्छ।
- ६० किलोमिटर लामो यो ट्रेल पूरा हुन करिब एक हप्ता लाग्नेछ र यसले धार्मिकस्थल परिक्रमा तथा हेलम्बुको दृश्यावलोकनको अवसर दिनेछ।
काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ केवल पदयात्राको मार्ग मात्र होइन प्रकृति, संस्कृति र आध्यात्मिकताको अद्भुत सङ्गम हो । ह्योल्मो परम्पराअनुसार यसको नाम धर्मचक्र पर्खाल हो।
ठाउँ ठाउँमा बनेका चैत्य, शान्त हरियाली वन, हिमाली हावा र परसम्म देखिने हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्। यहाँबाट सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू देख्न पाइन्छ।
_4uyqy1qXCD.jpg)
विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गर्दै ह्योल्मो भूमि हेलम्बु घेर्दै ६० किलोमिटर लामो ग्रेट ट्रेल बनाउने योजनाअन्तर्गत सात किमिको काम भइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
‘६० किमिमध्ये ७ किमिको पदमार्ग बनाइसकेका छौँ, यहाँ आउने जो कोही दङ्ग परेर जानुहुन्छ,’ उनले भने- ‘यो हेलम्बु गाउँपालिकाको गौरवको योजनामध्ये महत्त्वपूर्ण एक हो।’
_c0FeHuzi9I.jpg)
बुद्धपार्कबाट पर्यटकीय ट्रेल सेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमा भेग प्रसिद्ध तीर्थस्थल आमायांग्री पर्वतसँग जोडिनेछ । यो डुपु–भेमाथाङ, पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमेसिदाङ क्षेत्र पुग्नेछ । ट्रेल घुमिसक्दा यहाँको अधिकांश धार्मिकस्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी काम भइरहेको छ।
समुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_y5f708MxxN.jpg)
_4ATlsr4WMQ.jpg)
_J93mtMEOkK.jpg)
_RLOZVhL8b2.jpg)
_FjPMFayIVx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्बोडियामा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुँदै
-
नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्रदान
-
मुस्ताङमा चक्रपथ निर्माण
-
ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
-
दक्षिण भारत यात्राका स्मृतिहरू
-
पुरुषमा पनि बढ्दै थाइराइडको जोखिम : यी लक्षण देखिए नगर्नुस् बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण