‘मायावी’मा सुशिलको इन्ट्री
काठमाडौंँ । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका अभिनेता सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइको नयाँ फिल्म ‘मायावी’मा अनुवन्धित भएका छन् । भट्टराइले फिल्ममा सुशिललाई मुख्य अभिनेताको रुपमा अनुबन्धित गरेको जानकारी दिए ।
सुशिलले यसअघि होस्टेल रिटन्र्स, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचो लगायतका फिल्म अभिनय गरेका छन् । ‘मायावी’ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गत बुधबार निर्माणको घोषणा भएको थियो । फिल्ममा यसअघि अभिनेता पल शाह पनि भित्रिएका थिए ।
क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले बताउ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण