प्रधानमन्त्रीको विदेश भ्रमण सफल बनाउन राजनीतिक तहमा सहमति छ : परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह प्रधानमन्त्रीले लिनुभएको बताए ।
‘आज सम्माननीय प्रधानमन्त्रीज्युको भ्रमणबारे पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रतिनिधि, पूर्व परराष्ट्रमन्त्रीज्युहरुलाई बेलाएर आसन्न चीन भ्रमणको बारेमा छलफल भएको छ । युनाइटेड नेसन्स र चीन भ्रमणका सम्बन्धमा पनि भ्रमणका बेला गर्नुपर्ने तयारी, राख्नुपर्ने प्रस्ताव, अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने कामका बारेमा सुझाव र सल्लाह दिनुभएको छ’ उनले भने, ‘सम्बोधनमा प्रधानमन्त्रीज्युले आमन्त्रित सबैलाई धन्यवाद दिँदै उहाँहरुले दिनुभएको सल्लाह र सुझावलाई महत्वपूर्ण रुपमा लिएको र आसन्न भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको सन्देश दिनुभएको छ ।’
मन्त्री साउदले प्रधानमन्त्रीले सल्लाह र सुझाव लिइसकेपछि राजनीतिक दलका प्रतिनिधि र परराष्ट्रविद्हरुलाई भ्रमणबारे सुझाव दिएकोमा धन्यवाद दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण