नेपाली जाँडलाई विदेश निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : मुख्यमन्त्री चौधरी
आइतबार, २४ भदौ २०८०, २० : ५८
तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन् । दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए ।
“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए । साथै उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए । उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण