महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ । सिनियर म्यानेजमेन्ट टीम (एमएमटी) को बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम निर्धारित समयमा पुरा गर्न निर्देशन दिए ।
यो वर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने भन्दै उनले जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्नेमा जोड दिए ।
तत्काल गर्नुपर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यक पर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन लगायत बुँदा छन् ।
आकाशे पुलमा शिशाका बार बनाउने, सडक पेटीलगायत संरचनाहरुको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणलगायत काम पनि यसमा समेटिएको छ । यस्तै काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने लगायतका योजना पनि तत्काल सक्नुपर्ने अवस्था रहेको अधिकारीले बताए ।
बैठकमा विभागीय प्रमुखहरुले आफूअन्तर्गतका योजना कार्यान्वयनमा अहिलेसम्म भएका काम र आगामी योजनाका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण