बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

१३ लाख ५० हजार मूल्यको इलेक्ट्रिक मोटरसाइकल ‘इभोक’ अटो शोमा प्रदर्शन हुने

सोमबार, २५ भदौ २०८०, ११ : ५१
सोमबार, २५ भदौ २०८०

काठमाडौं । प्रिमियम सेग्मेन्टको इलेक्ट्रिक मोटरसाइकल ‘इभोक’ वृहत नाडा अटो शो, २०२३ मा प्रदर्शन हुने भएको छ । बेइजिङ बेस प्रिमियम ई.मोटरसाइकल इभोकलाई इन्ड्युरो मोटर्सले नेपाल ल्याएको हो । 

इभोक अर्वान क्लासीक र अर्वान क्लासीक एस दुईवटा सेग्मेन्टमा आएको छ । इभोक अर्वान क्लासीक इलेक्ट्रीक मोटरसाइकलमा २५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टाको रहेको छ भने अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।

यसले फास्ट चार्जर सपोर्ट गर्छ भने एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो मोटरसाइकलमा मल्टिपल राइडिङ मोड उपलब्ध छ ।

नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरिएको इभोकको बजार मूल्य १३ लाख रुपैयाँदेखि १३ लाख ५० रुपैयाँ तोकिन सक्ने कम्पनीले जनाएको छ । तथापि, अटो शोमा यो मूल्य केही तलमाथि हुनसक्ने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप