१३ लाख ५० हजार मूल्यको इलेक्ट्रिक मोटरसाइकल ‘इभोक’ अटो शोमा प्रदर्शन हुने
काठमाडौं । प्रिमियम सेग्मेन्टको इलेक्ट्रिक मोटरसाइकल ‘इभोक’ वृहत नाडा अटो शो, २०२३ मा प्रदर्शन हुने भएको छ । बेइजिङ बेस प्रिमियम ई.मोटरसाइकल इभोकलाई इन्ड्युरो मोटर्सले नेपाल ल्याएको हो ।
इभोक अर्वान क्लासीक र अर्वान क्लासीक एस दुईवटा सेग्मेन्टमा आएको छ । इभोक अर्वान क्लासीक इलेक्ट्रीक मोटरसाइकलमा २५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टाको रहेको छ भने अर्वान क्लासिकमा १०.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ ।
यसले फास्ट चार्जर सपोर्ट गर्छ भने एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो मोटरसाइकलमा मल्टिपल राइडिङ मोड उपलब्ध छ ।
नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरिएको इभोकको बजार मूल्य १३ लाख रुपैयाँदेखि १३ लाख ५० रुपैयाँ तोकिन सक्ने कम्पनीले जनाएको छ । तथापि, अटो शोमा यो मूल्य केही तलमाथि हुनसक्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण