शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक संजालमा बीपी कोइराला र मदन भण्डारी प्रहसनको चर्चा

सोमबार, २५ भदौ २०८०, ११ : ५५
सोमबार, २५ भदौ २०८०

काठमाडौंँ । पछिल्लो समय सामाजिक संजाल फेसुबकदेखि टिकटकसम्म एउटै चर्चा छ । त्यो हो वीपी कोइराला र मदन भण्डारीको प्रहसन । विपी र मदनको यो प्रहसन रियल भने होइन । यो सम्वाद हो कलाकार मनोज गजुरेलको गाईजात्रा कार्यक्रम ‘८० सालको गाईजात्रा’ को ।

कार्यक्रममा ‘बीपी कोइरालाको स्वर्गालयमा मदन भण्डारीको प्रवेश’ शीर्षकको प्रहसनमा बीपी कोइरालासँग भण्डारीको स्वर्गको भेट काल्पनिक प्रहसनमा प्रस्तुत गरिएको थियो । जसमा मनोज गजुरेल स्वर्गिय मदन भण्डारीको अवतारमा देखिएका थिए, भने उनलाई स्वर्गिय वीपी कोइरालाको रूपमा चक्र दुवाडीले साथ दिएका थिए ।

कार्यक्रम केही दिन अगाडि सक्किसकेको छ । तर प्रहसन अहिले भाइरल भएको छ । प्रहसन कलाकार मनोज भण्डारीले आफ्नो युट्युव च्यालबाट सार्वजनिक गरेपछि भाइरल भएको हो ।

प्रहसनलाई सामाजिक संजालमा काल्पनिक भएपनि समय सार्दभिक, बास्तबिक लगायतका प्रतिक्रिया मिलिरहेको छ । कतिपयले त एकदमै बास्तबिकताले भरिएको ब्याङ्ग्यको प्रस्तुति भनेर समेत कलाकार र प्रहसनको तारिफ गरेका छन् ।
नेपाली राजनीतिदेखि भ्रष्टाचार, समाजका चर्चित घटना र हत्याकाण्ड व्यङ्ग्यका खुराक बनेको प्रहसनमा अधिकास्मले रुचाएको देखिनछ ।

गजुरेलले आफ्नो युट्युव च्यालनबाट १८ मिनेटको प्रहसन सार्वजनिक गरेका हुन् । १८ घन्टा अगाडि युट्युवबाट सार्वजनिक प्रहसनले समाचार तयार गर्दासम्म एक लाख ५१ हजार बढी भिउज पाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप