करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, २५ भदौ २०८०, १२ : १६
काठमाडौँ । काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा खाजा घर सञ्चालन गरी बस्ने भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ । खाजा घरभित्र लत्रिएको विद्युत्को तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता रौतहटको परोहा नगरपालिका-६ भेडियाही टोल बस्ने ४० वर्षीया सुनिता पटेलको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा विजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको परोहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण