बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अटो शोमा होन्डाको स्पोर्टी कम्यस्टर एसपी–१६० उपलब्ध हुने

सोमबार, २५ भदौ २०८०, १३ : ०७
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । विश्वप्रसिद्ध दुई पाङ्ग्रे ब्राण्ड होन्डाले नाडा अटो शोमा न्यू मोडल एसपी–१६० प्रदर्शन गर्ने भएको छ । भारतीय बजारमा केही महिनाअघि मात्र सार्वजनिक भएको एसपी–१६ लाई अटोकै अवसर पारेर स्याकार ट्रेडिङ कम्पनीले नेपाल भित्र्याएको हो ।

भोलि अर्थात् भदौ २६ गतेदेखि ३१ गतेसम्म राजधानीमा ६ दिन चल्ने अटो शोमा कम्पनीले चर्चित डिओ १२५ सँगै एसपी–१६० समेत प्रदर्शन गर्ने भएको हो ।  यद्यपि, एसपी–१६ तत्कालका लागि अटो शोमा प्रदर्शनका लागि मात्र उपलब्ध हुनेभएपनि व्यवसायी रुपमा छिटै भित्र्याउने तयारी कम्पनीले गरेको बुझिएको छ ।

होन्डाले १२५ सीसी सेग्मेन्टमा पपुलर रहेको नेम ट्याग एसपीमा बनेको १६० सीसीको स्पोर्टी कम्यूटर मोटरसाइकल ल्याउने भएको हो । नेपालमा होन्डा साइन एसपी चर्चित मोटरसाइकल रहेको छ । यसका साथै नेपालमा फ्यामिली मोटरसाइलको रुपमा परिचित यूर्निकर्नको स्पोर्टी भर्सनको रुपमा होन्डा एसपी–१६० सार्वजनिक गरेको हो ।

होन्डा एसपी–१६०मा सिंगल डिस्क तथा डबल डिस्क भर्सनमा उपलब्ध छ । नेपालमा कुन भर्सन प्रर्दशनको लागि आउँछ भन्ने एकिन भएको छैन । होन्डा इन्डियाले सिंगल डिस्क भर्सनको १ लाख १७ हजार ५०० रुपैयाँ र डबल डिस्क भर्सनको १ लाख २१ हजार ९०० भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

यसको एलईडी हेडल्याम्प, एसपी–२५ को डिजाइनसँग मिल्दो रहेको छ । यसको रियरमा भी–सेप एलईडी टेल लाइट दिइएको छ । डिजिटल एलसीडी इन्स्ट्रमेन्ट क्लस्टरको साथ आएको एसपी–१६० को स्कृनमा गियर इन्डिकेटर, फ्यूल लेभल, ट्रिप मिटर, माइलेजको अवस्था हेर्न सकिन्छ ।

एसपी–१६० मा १६२.७१ सीसी सिंगल सिलिन्डर, बीएस ६ फेज २ इन्जिन रहेको छ । यसले १३.४ पीएस पावर तथा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स पाउन सकिन्छ । मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा मोनोशक सस्पेन्सनका साथ सिंगल च्यानल एबीएस उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप