बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नाडा अटो शो २०२३

नडा अटो शोमा ‘टाटा पन्च’ प्रदर्शन हुँदै

सोमबार, २५ भदौ २०८०, १३ : ११
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । ईभीमय बन्दै गरेको नाडा अटो शो, २०२३ मा प्रसिद्ध अटो ब्राण्ड टाटाले पेट्रोलियममा ‘टाटा पन्च’ सार्वजनिक गर्ने भएको छ । छिमेकी भारतमा निकै चर्चा कमाएको पन्चलाई अटो शो कै अवसर पारेर सिपर्दी ट्रेडिङले नेपाल भित्र्याएको हो । 

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिनमा उपलब्ध एसयूभी गाडी हो । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । पन्चमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपालको सडक सुहाउँदो रहेको कम्पनीको दाबी छ । 

आकर्षक लुक्स, पावर पिकअपसहित स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचरले पन्चलाई निकै दमदार बनाएको छ ।

थप रिभर्स क्यामेरा, ब्याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयर ब्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर  र्‍याप स्टेरिङ ह्वील जस्ता अतिरिक्त फिचरले पन्चलाई अझ प्रिमियम बनाएको छ ।

टाटा पन्च भारतीय बजारमा सफलताको स्वाद चाखिसकेको मोडल हो । यसले भारतमा ३ लाख युनिट बिक्री पुरा गरिसकेको छ । नाडा अटो शो, २०२३ का अवसरमा सार्वजनिक हुने पन्चको बजार मूल्य भने तोकिसकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप