एन्फाको विशेष साधारणसभा स्थगित
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ । सोमबार बिहान अनलाइनमार्फत बस्ने भनिएको विशेष साधारणसभा स्थगित गरिएको एन्फाले जनाएको छ ।
एन्फाले विशेष साधारणसभा स्थगित गर्नुको कारण भने खुलाएको छैन । आइतबार नै एन्फाको विशेष साधारणसभा अनलाइनमार्फत बस्ने भनिएको थियो । तर, गणपूरक सङ्ख्या अपुग भएकाले उक्त विशेष साधारणसभा सोमबारका लागि सारिएको थियो । तर, सोमबारको विज्ञप्ति जारी गर्दै एन्फाले विशेष साधारणसभा स्थगित भएको जनाएको हो ।
‘एन्फाको सोमबार विशेष साधारणसभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षबाट स्थगित गरिएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघि आइतबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले विभिन्न निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण