बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको विशेष साधारणसभा स्थगित

सोमबार, २५ भदौ २०८०, १४ : ३५
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ । सोमबार बिहान अनलाइनमार्फत बस्ने भनिएको विशेष साधारणसभा स्थगित गरिएको एन्फाले जनाएको छ । 

एन्फाले विशेष साधारणसभा स्थगित गर्नुको कारण भने खुलाएको छैन । आइतबार नै एन्फाको विशेष साधारणसभा अनलाइनमार्फत बस्ने भनिएको थियो । तर, गणपूरक सङ्ख्या अपुग भएकाले उक्त विशेष साधारणसभा सोमबारका लागि सारिएको थियो । तर, सोमबारको विज्ञप्ति जारी गर्दै एन्फाले विशेष साधारणसभा स्थगित भएको जनाएको हो । 

‘एन्फाको सोमबार विशेष साधारणसभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षबाट स्थगित गरिएको छ,’ एन्फाका प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघि आइतबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले विभिन्न निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप