शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाले भदौ २७ गते गौ हत्याको विरोधमा आन्दोलन गर्ने

सोमबार, २५ भदौ २०८०, १९ : ०३
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गाई हत्याको विरोधमा आन्दोलन गर्ने भएको छ ।  

राप्रपाले राष्ट्रिय जनावर गाईको हत्या गरिएको विरोधमा भदौ २७ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले भदौ २७ गते आन्दोलन गर्ने जानकारी गराएको हो । आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको आन्दोलन गर्ने दिन सकिएको बताए । उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा आफूहरूले देखाउने बताए । राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट रहेको बताए ।

प्रवक्ता शाहीले हिन्दुहरुको आस्थामाथि आक्रमण गरिएको भन्दै सो काम गर्नेहरु अतिवादी भएको बताए । उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरु अतिवादी र आतंकवादी भएको भन्दै उनीहरुलाई तह लगाउने बताए ।

प्रवक्ता शाहीले आफूहरु धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै धर्म, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप