‘रङ्गेली’को छायाङ्कन सुरु
काठमाडौँ । ग्याङ्गस्टार कथामा निर्माण हुन लागेको फिल्म ‘रङ्गेली’को छायाङ्कन सुरु भएको छ । फिल्मले मंगलबारदेखि सुनसरीको इटहरीबाट छायाङ्कन थालेको हो । फिल्मको सोमबार मोरङस्थित काली मन्दिर रंगेलीमा शुभ मुहूर्त समेत गरिएको थियो ।
रङ्गेलीसहित पूर्वका कर्सिया, कटहरी, विराटनगर र बिर्तामोडमा छायाङ्कन हुने फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडालगायतको मुख्य भूमिका रहनेछ । दयाहाङ यतिबेला आफ्नो फिल्म ‘गाउँ आएको बाटो’को प्रिमियरका लागि क्यानडा रहेकोले केही समयपछि फिल्म छायकन जुट्नेछन् । दयाहाङ र मिरुनाबीच चौंथो पटक सहकार्य हुन लागेको हो । यो जोडी अभिनीत ‘कबड्डी ४’ र ‘जारी’ बक्स अफिसमा सुपरहिट भएको छ भने ‘नाङ्गो गाउँ’ आगामी शुक्रबारबाट रिलिज हँुदैछ ।
अर्जुन सुवेदीको निर्देशन रहने फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव थपलिया हुन् ।
प्लानेट थ्री फिल्मस् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बन्न लागेको फिल्मको पहिला ‘रङ्गेली ग्याङ्स्टर्स’ शीर्षक राखिएको थियो । पछि निर्माण टिमले शीर्षक परिमार्जित गरेर ‘रङ्गेली’ मात्रै राखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण