६२८ जना महिलासहित ३ हजार ९१६ जना सैनिक दीक्षित
काठमाडौँ । २०७९ मङ्सिर १ गतेदेखि नेपाली सेनाका ४१ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिमबाट देशभर ३ हजार २८८ जना पुरुष तथा ६२८ जना महिला गरी कुल ३ हजार ९१६ जना सैनिकहरू दीक्षित भएका छन् ।
तालिम समापनका अवसरमा सैनिक जवानहरूले बेग्लाबेग्लै तालिम केन्द्रहरुमा अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । तालिमरत शिक्षार्थीहरूको परिवारजनहरूको उपस्थितिमा तालिमको समापन कार्यक्रमहरू सञ्चालन भएको थियो ।
श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्दै बलाधिकृत रथी सरोज प्रताप राणाले नेपाली सेना जस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त भएको सुखद घडीमा तालिमे सिपाहीहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, ईमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्य पथमा अडिग रहन निर्देशन दिए ।
यसअघि भदौ गते प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैनिकहरुलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण