हङकङ ‘बेल्ट एण्ड रोड समिट’मा सहभागी हुने
हङकङ । हङकङमा बुधबार हुने ‘बेल्ट एण्ड रोड’ शिखर सम्मेलनमा सहभागी र प्रतिनिधिमण्डलको अन्तर्राष्ट्रिय समुदायको अत्यधिक सहभागिता रहने चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बताएका छन् ।
लीले मङ्गलबार भने, “दुई दिने शिखर सम्मेलनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को १० औँ वार्षिकोत्सव मनाउँदै छ । महामारीपछि पहिलो पटक पूर्ण भौतिक रूपमा आयोजना हुने सम्मेलन निकै महत्त्वपूर्ण मानिएको छ ।”
आगामी शिखर सम्मेलनमा विभिन्न देश र क्षेत्रका छ हजारभन्दा बढी सहभागी र १०० भन्दा बढी प्रतिनिधिमण्डलको सहभागिता रहने र २० वटा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए ।
सम्मेलनमा कम्तीमा १० देशका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलनमा बीआरआईअन्तर्गत सहकार्यका अवसरहरूको खोजी गर्न पहिलो पटक मध्यपूर्व मञ्च हुनेछ । यसमा बीआरआई वित्तीय सेवामा सुधार ल्याउन र युवाहरूबीच आदानप्रदानलाई सहज बनाउन नयाँ वित्त शाखा र युवा शाखा पनि हुनेछन् ।
सिल्क रोड इकोनोमिक बेल्ट र एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोडको सन्दर्भका रूपमा रहेको बीआरआई चीनले सन् २०१३ मा एसियालाई युरोप र अफ्रिकासँग जोड्ने व्यापारिक तथा पूर्वाधार सञ्जाल निर्माण गर्न सुरु गरेको थियो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण